न्यूज टुडे
रुपनी, ६ माघ ।
सप्तरीको रुपनी गाउँपालिका १ रुपनीमा टि- २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । लालीगुराँस युवा क्लब रुपनीद्वारा आयोजित प्रतियोगिताको सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित साँसद दिनेश यादवले शनिबार आयोजित एक समारोहको विच उद्घाटन गरेका हुन् ।
खाडो खोला स्थित खेलमैदानमा आयोजित उद्घाटन खेलमा रुपनी राइडरले जित हाँसिल गरेको छ । टस जितेर फिल्डिङ्ग रोजेका रुपनी राइडर क्लव रुपनीले एनआइसी एसिया क्लब बिराटनगरलाई पराजित गरे ।
विराटनगरले २० ओभरमा ८७ रन बनाएको थियो।
प्रतिउत्तरमा रुपनी राइडर क्लवले १० ओभर खेल्दै जित हाँसिल गरेको आयोजकले जनाएको छ।
खेलको म्यान अफ द म्याच रुपनी राइडर क्लबका खेलाडी जितेन्द्र यादव घोषित भएको आयोजक समितिका अध्यक्ष मो. अनबर अरुपले जानकारी दिए ।
प्रतियोगिता उद्घाटन समारोहमा साँसद यादव, गाउँपालिका अध्यक्ष दिनेश यादव, रुपनी गाउँपालिका १ का पुर्व वडा अध्यक्ष पिताम्बर यादव, विद्यालय व्यवस्थापन समितीका केन्द्रिय महासचिब दुर्गानन्द ठाकुर, समाजवादी प्रेस संगठनका केन्द्रिय सद्स्य तथा स्थानिय पत्रकार नर्मदेव यादव, एकीकृत समाजवादी पार्टीका जिल्ला सदस्य बुद्धिलाल यादव, राम यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
प्रतियोगितामा विभिन्न जिल्लाका गरि १६ वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार १ सय ५ रुपैया राशीको नगद पुरस्कारसहित शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरिने छ भने दोश्रो हुने टिमलाई २० हजार १ सय ५ रुपैया राशीको नगद पुरस्कार तथा कप, मेडल प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष अरुपले जानकारी दिए। स्थानीय उपेन्द्र चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत उमेश यादवले गरे ।