• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

पिएम कप : सप्तरी छनाेटकाे फाईनलमा कंकालनीको जित

पिएम कप : सप्तरी छनाेटकाे फाईनलमा कंकालनीको जित
न्यूज टुडे
राजबिराज, १२ पुस ।
प्रधानमन्त्री कप पुरूष सिनियर राष्ट्रिय क्रिकेट प्रतियाेगिताका लागि सप्तरी जिल्ला छनाेट खेल अन्तर्गत कंकालनी ११ले फाइनल जितको छ ।
बिहिवार  सम्पन्न फाइनल  खेलमा राजदेबी ११ लाई ४८ रनले पराजित गर्दै कंकालिनी ११ ले जित हाँसिल गरेको हो ।
कंकालनी ११ ले दिएकाे १ सय ४८ रनलाई पछयाउने क्रममा राजदेबीले सबै बिकेट गुमाई १ सय रनमै सिमित रहेकाेले कंकालनी ४८ रनले जित हात पारेकाे थियो ।
टस जितेर कंकालनीले निर्धारित ३० ओभरकाे खेलमा २९ ओभर ५ बल खेल्दै सबै बिकेट गुमाई १ सय ४८ रनकाे याेगफल खडा गरेका थिए।
जसमा बिकास दास ३३ रन, पप्पु यादब २८, राेहन बिक १६ रन र अमित मण्डल १५ रन जाेडेका थिए।
बलिंग तर्फ राजदेबीका सुशान्त देवले सर्वाधिक ४ बिकेट, गाेमान्द अमात्य २ बिकेट र पप्पु यादब, सुरेश यादब, अमित यादब र नितेश यादबले समान्य १/१ बिकेट हात पारेका थिए।
प्रतिउतरमा राजदेबी ११ ले २१ ओभर ४ बलमा सबै बिकेट गुमाई १ सय रन मात्र बनाउन सके।
जसमा अमित यादबले २२ रन गाेमान्द अमात्य २०  अनवारूल हक र नितेश यादबले समान्य ११/११ रन बनाउनु बाहेक कुनै खेलाडी दाेहाेराे अंक पार गर्न सकेन।
बलिंग तर्फ नितेश यादबले उत्कृष्ट बलिंग गर्दै ४ बिकेट, माे. साेहिल २ बिकेट,पप्पु यादब, राहुल बिक,असाेक मेहता र राेहन बिकले समान्य १/ १ बिकेट हात पारेका थिए।
यस प्रतियाेगितावाट मधेश प्रदेश पुरूष सिनियर खेलाडी छनाेट प्रतियाेगितामा सहभागिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूवाट सप्तरी सिनियर पुरूष टिम चयन गरिने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी गराए।
यही पुस १८ गते प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सहभागिताकाे लागि पर्साकाे बिरगंजमा मधेश प्रदेश क्रिकेट छनाेट प्रतियाेगितामा सप्तरी सिनियर टिमले सहभागिता जनाउने छ।
प्रतियाेगितममा म्यान अफ दि सिरिज राहुल मण्डल, बेस्ट बलर राहुल बिक, बेस्ट ब्याटर अमित यादब घाेषित भएकाे सप्तरी क्रिकेट सँघले जनाएकाे छ।