न्यूज टुडे
राजविराज, २६ असोज ।
सर्लाहीको लालबन्दीमा शुक्रबारदेखि प्रेस युनियन मधेस प्रदेशको दुईदिने प्रादेशिक भेला सुरु भएको छ ।
प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठको अध्यक्षता तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादवको प्रमुख आतिथ्यमा प्रदेशिक भेला आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री यादवले संगठन हाक्ने बेलामा गुटबन्दी गर्न नहुने बनाए। सबै मिलेर गएपछि चाहेको उपलब्धि सजिलै प्राप्त हुनेमा मन्त्री यादवले विश्वास व्यक्त गरे ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले
प्रेस युनियनको समृद्धि कांग्रेसको समृद्धि भएको बताए । प्रेस युनियनमा भएका तिक्तता अन्त्य भएर सुदृढ भएर जानुको बिकल्प नरहेको बताउदै उनले सकारात्मक र गुणात्मक निर्णयको जहिले पनि आवश्यकता रहेकोले सबैले जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए ।
प्रेस युनियनका नेपालका केन्द्रीय अध्यक्ष शिव लम्सालले यो भेला प्रेस युनियन हकहितका लागी गरिएको बताए । प्रेस युनियन नेपाल विधान विपरीत कुनैपनि काम नगर्ने उनले उल्लेख गरे । प्रेस युनियनलाई कसैले धम्क्याए मान्य नहुने बताए ।
प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष अनिल कुमार कर्णले संगठन बलियो बनाउन त्याग गर्नुपर्ने भन्दै विवादलाई व्यावस्थापन गर्नुपर्नेमा जोड दिए ।
प्रेस युनियन नेपालका केन्द्रीय महासचिव दिलिप पौडेलले संगठनको हितको लागि जहिले पनि सोच्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष जीवन भण्डारी, सदस्य सुधा देव
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवपुरी, ललिता साह लगायतले आआफ्ना धारणा राखे ।
प्रेस युनियन मधेश प्रदेशका सचिव अजय साहद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष धिरेन्द्र प्रसाद साहले गरे ।