कञ्चनपुर , २६ असोज ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा रहेको एक क्लिनिकबाट एकजना क्यान्सर पीडित ठगीमा पर्दा उनको अबस्थामा गम्भीर भएका छ । कञ्चनरुप-५ का क्यान्सर पीडित श्रीपैत खंग क्लिनिकको ठगीमा परेका हुन् ।
कञ्चनरुप नगरपालिका ८ मा रहेको युनिक उपचार क्लिनिकले क्यान्सर पीडित खंगलाई ठिक पारिदिन्छौ भनेर तिन महिनासम्म झुक्याएर उपचार गर्दा बिरामीको स्वास्थ्य अबस्थामा झनै समस्या आएको पीडितका परिवारले जनाएका छन् ।

क्यान्सर निको पारिदिन्छौ भनेर तीन महिनासम्म झुक्याएर उपचार गरेको तथा उपचारको बहानामा ४० हजार ठगी गरेको पिडितले बताए ।
युनिक उपचार क्लिनिकका सञ्चालक रामेश्वर यादबको विश्वासमा परेर उक्त ठाउँमा तीन महिनासम्म उपचार गराउँदा निको हुनुको सट्टा झनै खस्किदो अवस्थामा पुगेको पिडितले बताए ।
क्लिनिक सञ्चालक यादवकोमा गत बैशाखमा औषधी लिन गएको थिएँ, उनले भने, यादवले मसंग के भएको भनेर सोधखोज गर्दा क्यान्सर पीडित भएको जानकारी गराएँ , उनले थपे, सबैकुरोबुझी सकेपछि यादवले क्लिनिकमा ठूलो जाँच गर्ने मेसिन रहेको र डाक्टर काठमाडौबाट आउने गर्छ , यस्तो रोग जरैबाट उखालेर फालीदिने भनेपछि यादवको विश्वास गरेर असार मसान्तसम्म उपचार गरांउंँदा ४० हजार सकियो ।
रोग निकोहुनुको सट्टा झन विग्रीदै गएपछि रामेश्वरले यहाँ अब उपचार हुँदैन भरतपुरनै जानू भनेको पीडित खंगले बताए ।
घरबारी साहुकोमा धितो राखेर ३ रुपैयाँ सयकडामा १ लाख ५० हजार ॠण लिएको र थप १ लाख आफन्तबाट लिएर भदौ २० गते भरतपुर क्यान्सर अस्पतालमा मुखको अपरेसन गराएर असोज ९ गते घर आएको उनले बताए ।
हामी जस्तो गरिब निमुखालाई क्लिनिकले किन ठग्छ ? प्रश्न गर्दै खंगलेभने , आखिरमा युनिक क्लिनिकका सञ्चालक यादवले तीन महिनापछि भरतपुर नै जान भने ।
त्यो तिन महिनाको ठगीले आज मेरो जीवन ठूलो कष्टमा पुगेको पिडित खंगले दुखेसो पोखे । गत बैशाख ३ गते विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पहिलो चेकजाँच गराएको पिडित खंगले बताए ।
आफु क्यान्सर पीडित भएको थाहा भएपछि आर्थिक समस्याले उपचार विनै त्यसै पर्किएको तथा बैशाख २२ देखि असार २५ गतेसम्म युनिक उपचार क्लिनिक कंचनपुरमा क्यान्सरको उपचार गराएको उनले बताए ।
युनिक उपचार क्लिनिकका सञ्चालक रामेश्वर यादवले खंग क्लिनिकमा औषधी लिन पहिलो पल्ट आउँदा जांँच गराएको रिपोर्ट हेर्दा खङ्गलाई क्यान्सर भएको थाहा पाएको बताए ।
आफुले क्लिनिकमा क्यान्सरको उपचार गरेर निको पारिदिन्छु भनेर खंगलाई नभनेको उनले दावी गरे । क्लिनिक संचालक यादव सिनियर अहेब पदमा कञ्चनपुर नगरअस्पतालको करार सेवामा कार्यरत कर्मचारी समेत हुन ।