• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अश्लील भाषा प्रयोग गर्ने साहलाई कारबाहीको माग

अश्लील भाषा प्रयोग गर्ने साहलाई कारबाहीको माग

न्यूज टुडे
राजविराज, २५ असोज ।
प्रेस चौतारी नेपाल सप्तरीले आफ्ना कार्यसमिति सदस्य नवीन कुमार यादवलाई अश्लील भाषा प्रयोग गर्दै सामाजिक संजालमा पोष्ट गर्ने डाक्नेश्वरी नगरपालिका ८ का उपेन्द्र प्रसाद साहलाई कारबाहीको माग गरेको छ । प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राईले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै साहमाथि कडा कारबाहीको माग गरेको हो ।

प्रेस चौतारी नेपाल सप्तरी शाखाका कार्यसमिति सदस्य एवम् पब्लिक प्रेस दैनिकका प्रकाशक सम्पादक नविन निर्भय यादवलाई साहले तथानाम गाली गलौज एवम् अमर्यादित शब्दमा लेखेर पत्रकार यादवको तस्वीर सहित पोष्ट गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार यादवलाई नेपाल पत्रकार महासंघको सदस्य नरहेको र पत्रकारको खोल ओढेर जे पायो त्यही लेख्ने झोले पत्रकार भनेर तस्वीर राखेर बदनाम गर्ने काम साहले गरेकोमा सिंगो प्रेस चौतारी नेपालले साहको दादागिरी रबैयाको घोर भर्त्सना गर्दछ, विज्ञप्तिमा भनिएको छ, समाचार प्रकाशन गरेकै कारण साहले पत्रकारको मानहानी गर्दै अश्लील भाषामा बोलेन मात्र लेखेरै सामाजिक संजालमा पोष्ट गरेको छ ।

प्रेस चौतारी नेपालले साहको रबैयाले आम पत्रकारको बदनाम गरेको ठहर गरेको छ ।
समाचार कुन बेला लेख्ने, कसरी लेख्ने,किन र कोसंग आदेश लिएर लेख्ने वा प्रकाशन गर्ने ? भन्ने सवालमा साहको बसको कुरा होइन, विज्ञप्तिमा भनिएको छ, साथै यहि असोज २३ गते पब्लिक प्रेस दैनिकमा प्रकाशित “आफुले काम गर्नुपाउँदा सडक बाटो, नपाउँदा नम्वरी जग्गा“ शिर्षकमा प्रकाशित समाचार सत्यतथ्यमा आधारित छ, स्वतन्त्र र निष्पक्षता मुल्यमान्यता राखी स्थलगत रिपोर्टिङ गरि लेखिएकोको समाचारलाई लिएर साहले हदैसम्मको ज्यादती गरेर आम पत्रकारको बदनाम गरेको हाम्रो ठम्याइ छ ।
साहलाई आफै सच्चिन समेत प्रेस चौतारी नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा आग्रह समेत गरिएको छ ।

नैतिकता र मान इज्जतको ख्याल नराख्ने उपेन्द्र साहलाई आफू सच्चिन आग्रह गर्दछु, अध्यक्ष राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, साथै पत्रकारको मान इज्जत तथा सम्मानमा आँच पु¥याउने साहलाई कानुनी दायरामा ल्याइ कारबाहीको लागि आबश्यक पहल गरिदिन नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई अनुरोध गर्दछौं ।
विभिन्न पत्रकार संगठन मिडिया र संचारसंग आवद्ध संघ संगठनले पनि साहलाई कानुनी दायरामा ल्याउन आ–आफ्नो भुमिकासहित सहयोग गरिदिन चौतारीद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ ।