न्यूज टुडे
राजबिराज, २५ असोज ।
सप्तरीको राजगढ गाउँपालिका ३ स्थित जनता शंकर माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी कटौती गरेको विरुद्धमा बिहीवार बिधार्थीहरूले बिधालयमा तालाबन्दी गरेकाे छन।
बिद्यालयका निमित्त प्राधानाध्याक रबिन्द्र साहकाे दरबन्दीकाे कटौती गर्ने निर्णय फिर्ताको माँग गर्दै बिधार्थीहरूले कार्यालयमा तालवन्दी गरेका छन ।
बिद्यालयमा शिक्षकको अभाव रहेको अबस्थामा बिधालय ब्यबस्थापन समितिले बिधालयमा आर्थिक अनियमितता गर्न दरबन्दीका शिक्षक कटौती गरेकाे भन्दै बिधार्थीहरूले तलाबन्दी गरिएको जनाएकाे छ। विद्यार्थीहरुले निर्णय फिर्ताको माग गर्दै गाउँपालिकामा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै आत्मदाह गर्नेसहितको सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
राजगढ गाउपालीकाका अध्यक्ष ओम प्रकाश मण्डल, तत्कालिन प्रधानध्यापक नारायण यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादब र केही शिक्षकको मिलेमतोमा दरबन्दी बेचिदिएकाे अभिभावकहरूकाे आराेप छ।
बिद्यालयका बर्तमान निमित्त प्राधानाध्याक रबिन्द्र साहलाई दरबन्दी समेत कटौती गरी अन्यन्त्र सरुवा गर्ने षडयन्त्र तत्काल रोक्नका लागि गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउदा समेत सुनुवाइ नभएकोले बिधालयका जग्गा दाता रामचन्द्र यादबले बताए।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले बिधालयमा आफनो अनुकुल निमित्त प्रधानाध्यापक बनाउन र व्यक्तिगत स्वार्थ सिद्ध गर्न सिनियर दरबन्दी कटौती गरेको अाराेप लगाए
उच्च अदालत जनकपुर ईजलास राजबिराजको आदेश अनुसार विद्यालयमा ०८० बैशाख २७ गते देखि निमित प्रधानाध्यापक रबिन्द्र कुमार साह (मा.शि .द्वितीय) ले जिम्मेवारी पाएको जानकारी दिदै जग्गा दाता रामचन्द्रले हाल सम्म विद्यालयको खाता समेत खोल्न ब्यबस्थापन समितिले असहयोग गरेको कारण शैक्षिक अबस्था अस्तव्यस्त भएको आरोप लगाए ।
बर्तमान प्रधानाध्यापकलाई दरबन्दी समेत कट्टा गरि अन्यत्र पठाई आफू जिम्मेवारीमा आउने दाउमा रहेका पुर्व निमित प्रधानाध्यापक तथा नेपाल शिक्षक सँघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) ले बरबुझारत समेत गराउन सहयोग नगरेकोले विद्यालय संचालनमा अप्ठयारो भएको विद्यालय प्रशासनले जनाएको छ ।
दश बर्ष लामो जिम्मेवारीमा रहेका तत्कालिन प्रधानाध्यापक नारायणले विद्यालयको जिम्मेवारी पाए देखि हालसम्मको कुनै किसिमको हरहिसाव नबुझाएको अभिभावकहरूले गुनासो गरेका छन् ।
दरबन्दी अनुसार विद्यालयमा शिक्षक कमि रहेको अबस्थामा ब्यबस्थापन समिति र शिक्षकहरूको मिलोमतोमा भ्रष्टाचार गरेको र दाताले दिएको जग्गा बेचेकोले सो सम्बन्धमा अख्तियारवाट छानबिन र अनुसन्धान कार्य समेत भईरहेको स्थानिय कृष्णदेव यादब जानकारी दिए ।