• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

“शिक्षक दरबन्दी कटौती फिर्ता नभए आत्मदाह”

“शिक्षक दरबन्दी कटौती फिर्ता नभए आत्मदाह”
न्यूज टुडे
राजबिराज, २५ असोज ।
सप्तरीको राजगढ गाउँपालिका ३ स्थित जनता शंकर माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी कटौतीको निर्णय फिर्ता नगरे आत्मदाह गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।
विद्यार्थीहरुद्वारा गाउँपालिकामा बुधबार पत्र बुझाउदै  शिक्षक दरबन्दी कटौती गर्ने निर्णय फिर्ता नगरिए पेट्रोल छर्केर आत्माहत्या गर्ने चेतावनी दिएका हुन् ।
शिक्षक दरबन्दी कायम राख्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थीहरु । फोटो: न्यूज टुडे
दरबन्दी समेत कटौती गरेर शिक्षक सरुवा गरेको विरुद्ध नारावाजी गर्दै पुगेका विद्यार्थीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेको पत्रमा यसबाट हुने कुनैपनि घटनाको गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, निमित्त प्रधानाध्यापकसहित सरोकारवालाहरुले जिम्मेवारी लिनुपर्ने चेतावनी दिईएको छ ।
कसैको व्यक्तिगत स्वार्थ सिद्ध गर्न सिनियर दरबन्दी कटौती गर्नु दु:खद भएको बताउदै विद्यार्थीहरुले निर्णय फिर्ता नभए आत्मदाहसहितको थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
बिद्यालयमा शिक्षकको अभाव रहेको अबस्थामा बिधालय ब्यबस्थापन समितिले  आर्थिक अनियमितता गर्न दरबन्दीका शिक्षक कटौती गरेको जग्गा दाता रामचन्द्र यादवले आरोप लगाए ।
राजगढ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्र कुमार यादब, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादब सहितका केही सदस्य तथा शिक्षकको मिलोमतोमा शिक्षक दरबन्दी कटौती गरेको अभिभावकहरूको आरोप छ ।
बिद्यालयका बर्तमान निमित्त प्राधानाध्याक रबिन्द्र साहलाई दरबन्दी समेत कटौती गरी अन्यन्त्र सरुवा गर्ने षडयन्त्र गरिरहेकोले तत्काल रोक्नका लागि गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउदा समेत सुनुवाइ नभएको जग्गा दाता रामचन्द्रले बताए।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले बिधालयमा आफ्नो अनुकुल निमित्त प्रधानाध्यापक बनाउन र अनियमितता गर्न षडयन्त्र गरेको बिधालय ब्यबस्थापन समितिका सदस्य तथा दाता परिवारका सदस्य कपुर देवी यादबले आरोप लगाईन ।
उच्च अदालत जनकपुर ईजलास राजबिराजको आदेश अनुसार विद्यालयमा ०८० बैशाख २७ गते देखि निमित्त प्रधानाध्यापक रबिन्द्र कुमार साह (मा.शि द्वितीय) ले जिम्मेवारी पाएको जानकारी दिदै जग्गा दाता रामचन्द्रले हाल सम्म विद्यालयको खाता समेत खोल्न ब्यबस्थापन समितिले असहयोग गरेको कारण शैक्षिक अबस्था अस्तव्यस्त भएको आरोप लगाए  ।
बर्तमान प्रधानाध्यापकलाई दरबन्दी समेत कटौती गरि अन्यत्र पठाई आफू जिम्मेवारीमा आउने दाउमा रहेका पुर्व निमित प्रधानाध्यापक तथा नेपाल शिक्षक सँघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) ले बरबुझारत समेत गराउन सहयोग नगरेकोले विद्यालय संचालनमा अप्ठयारो भएको विद्यालय प्रशासनले जनाएको छ ।
दश बर्ष लामो जिम्मेवारीमा रहेका तत्कालिन प्रधानाध्यापक नारायणले विद्यालयको जिम्मेवारी पाए देखि हालसम्मको कुनै किसिमको हरहिसाव नबुझाएको अभिभावकहरूले गुनासो गरेका छन् ।
दरबन्दी अनुसार विद्यालयमा शिक्षक कमि रहेको अबस्थामा ब्यबस्थापन समिति र शिक्षकहरूको मिलोमतोमा भ्रष्टाचार गरेको र दाताले दिएको जग्गा बेचेकोले सो सम्बन्धमा अख्तियारवाट छानबिन र अनुसन्धान कार्य समेत भईरहेको अभिभावकहरुले जानकारी दिए ।