राजकुमार साह
कन्चनरुप, २४ असोज ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका २ बरमझियामा बुधबार बसको ठक्करबाट एक बालकको घटना स्थलमै मृत्यु भएको छ । स्थानीय राजु गुप्ताको छोरा बर्ष ५ को योगेश्वर गुप्ताको मृत्यु भएको हो ।
साँझ ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र २- २- ०३-००१ ख १०१० नम्बरको बसको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
बालकको शव परिक्षणका लागि राजविराज पठाएको तथा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आबश्यक कारबाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी दिपक कुमार रायले जानकारी दिए ।