• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दक्षिणपंथीको पृष्टपोषणमा एमाले लाग्यो   : नेपाल 

दक्षिणपंथीको पृष्टपोषणमा एमाले लाग्यो   : नेपाल 
शिव नारायण साह ( सुरज)
राजविराज, १६ असोज ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले दक्षिणपंथीको पृष्टपोषणमा एमाले लागेको आरोप लगाएका  छन् ।
 समाजवादी प्रेस संगठन सप्तरीद्वारा राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलिको स्वैच्छाचारी र व्यक्तिवादी चरीत्रले एकीकृत कम्युनिस्ट पार्टीमा विखण्डन आएको टिप्पणी गरे ।
केपी ओलिको दम्भले २०७४ सालको निर्वाचनमा कम्युनिस्टले पाएको अवसर उपयोग हुन नसकिएको उनले स्वीकार गरे ।
२०७४ सालको निर्वाचनमा कम्युनिस्टहरुले पाएको अवसर उपयोग गर्न सकिएन, उनले भने, केपि ओलिको हठले संविधान कुल्चिने कार्य भयो, संविधानको रक्षाका लागि अन्तरसंघर्ष गर्दा उल्टै हामीमाथि जाईलागे ।
 एमाले कम्युनिस्ट पार्टी नभएको दावी गर्दै अध्यक्ष नेपालले एमालेमा कम्युनिस्टको आचारण, विचार, सिधाान्त नरहेको टिप्पणी गरे ।
उनले एमाले अब कुनै पार्टी नै नभएको र केपि ओलिको प्राईभेट कम्पनी रहेको आरोप लगाए ।
एमाले यहि अबस्थामा रहने हो भने आगामी २०८४ को चुनावपछि सक्किने दावी गर्दै अध्यक्ष नेपालले जनताको आधारभुत आबश्यकता पूरा गर्ने भन्दा दक्षिणपंथीको पुष्टपोषणमा एमाले लागिपरेको टिप्पणी गरे ।
एमसिसी ओलिकै जिद्दीले ल्याएको आरोप लगाउदै अध्यक्ष नेपालले यसले राष्ट्रको हित कहिल्यै नगर्ने जिकिर गरे ।
एमसिसी हामीले ल्याएको होइन, यसले नेपाको संविधान, कानुन र सैन्य शक्तिलाई बेवास्ता गरिएको छ, अध्यक्ष नेपालले भने, जसले चिन संगको हाम्रो सम्बन्धलाई विगारेको छ । केपी ओलिले कम्युनिस्ट पार्टी र त्यसका नेताहरुलाई सिध्याउने षड्यन्त्र गरेपनि आफै असफल भएको उल्लेख गरे ।
केपी ओलिले हामीलाई सिध्याउन खोजेको थियो भने शेरबहादुरले हामीलाई जोगाए, उनले भने, शेरबहादुरलाई धन्यवाद दिन चाहन्छु जसले हामीलाई जोगाए ।
असोज १४ गते देखि मेचीबाट सुरु गरेको समाजवादी जागरण अभियान उत्साह पुर्वक अगाडि बढेको बताउदै अध्यक्ष नेपालले १५ दिनपछि सुर्खेतमा पुगेर समापन हुने बताए ।
 एकातिर कम्युनिस्ट विचार अर्कोतर्फ समाजवाद, उनले भने, मुक्ति ,न्याय, समानता र जनताको सुखी जिवनका लागी संकल्पका साथ अगाडि बढेका छौं,
 जनताको जिवन समृद्ध बनाउने उदेश्य राखी कृषि नै अर्थतन्त्रको आधार रहेकोले यसमा लागानी बढाउनु पर्ने र  पर्यटन र जलविद्युतद्वारा देशलाई उत्पादन र रोजगारीसंग जोडेर समृद्ध बनाउने उदेश्य रहेको उनले स्पष्ट पारे ।
समाजवादी प्रेस संगठन नेपाल सप्तरीका अध्यक्ष अनिल पोखरेलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा  पार्टीका वरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री  झलनाथ खनाल, उपाध्यक्षहरु  राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, महासचिव घनश्याम भुसाल, सचिब राम कुमारी झाक्री, जगरनाथ खतिवडा,  केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन समाजवादी प्रेस संगठन सप्तरीका उपाध्यक्ष सतिस दत्तले गरे ।