न्यूज टुडे
राजविराज, १० असोज ।
मधेश प्रदेशमा बिहीबार सार्वजनिक विदा हुने भएको छ ।
मधेश प्रदेश सरकारले पैगम्वर मोहम्मदको जन्मजयन्तीको अवसर पारेर सार्वजनिक विदा दिएको हो ।
मधेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तम प्रसाद खरेलले बुधबार एक सूचना जारी गर्दै विदाबारे जानकारी गराएका छन् ।

पैगम्वर मोहम्मदको जन्म दिन २०८० असोज ११ गते बिहिवारको दिन परेकोले उक्त दिन सार्वजनिक विदा भएकोले यो सूचना प्रकाशित गरिएको छ, निमित्त सचिब खरेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।