न्यूज टुडे
फत्तेपुर, ३ असोज ।
आठौं संविधान दिवसको अबसरमा सप्तरीको सप्तकोसी नगरपालिका १ स्थित फतेपुरमा बुधबार व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला ब्याडमिन्टन संघ सप्तरी र स्थानीय खेलाडीहरुको आर्थिक सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरद्वारा प्रतियोगिताको आयोजना गरिएको हो ।
उक्त प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाले गरे ।
संविधान दिवसको अबसरमा संचालित प्रतियोगितामा सप्तकोशी नगरपालिकाका १३ जोडी खेलाडीहरुले सहभागीता जनाएको प्रतियोगिताको फाइनल खेलमा डिभिजन ए तर्फ दिपककुमार खड्का र इन्द्र राइको जोडीले अमर खवास र नवराज खत्रीको जोडीलाई २-१ सेटको अन्तरमा २१-१७,२१-१५ र २२-२४ को अन्तरले पराजित गर्दै प्रथम भएका छन भने अमर खवास र नवराज खत्रीको जोडी दोस्रो भएका छ्न ।
डिभिजन B तर्फ अजय श्रेष्ठ र आर्यन खडकाको जोडीले सम्शेर खड्का र अरुण कटवालको जोडीलाई २१-१९,२१-१४ को सेट मा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छ्न सम्शेर खडका र अरुण कटवालको जोडी दोस्रो भएका छ्न।
प्रतियोगितामा बिजेता र उपबिजेता खेलाडीहरुलाइ जिल्ला ब्याडमिन्टन संघ सप्तरीका अध्यक्ष दिपक कार्कीले मेडलसहितका पुरस्कार बितरण गरेको आयोजक क्लबका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए।