• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मिथिलाका चाँडबाड र संस्कृति विश्वमै नमूना

मिथिलाका चाँडबाड र संस्कृति विश्वमै नमूना

न्यूज टुडे
राजविराज, २६ श्रावण ।
मिथिलाका चाँडपर्व,संस्कृति र रितिरिवाज विश्वमै नमुना रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

मैथिली साहित्य परिषद सप्तरीद्वारा राजविराजमा शुक्रबार मधुश्रावणी पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा मैथिली लोक गीत प्रतियरुोगिता कार्यक्रमका वक्ताहरूले उक्त कुरा बताएका हुन् । बक्ताहरुले मिथिलाको संस्कृतिलाई सम्मान दिएर निरन्तरता दिनुपर्नेमा जोड दिए ।
गीत प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय मंजु साह,प्रेमा देव र प्रतिमा देव भएका छन् । मैथिली साहित्य परिषदका अध्यक्ष अबधेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नवविवाहिता यसपालि मधुश्रावणी पर्व गर्दै आएकी सातजना कन्याहरूले सामुहिक रूपमा उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा मधुश्रावणी पर्वमा चाहिने विधिबिधानको सामाग्रीको झाकी प्रदर्शन समेत गरिएको थियोे ।

कार्यक्रममा सहभागी महिलाहरु । फोटोः न्यूज टुडे

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, बोदेवर्साईनको उपमेयर रेणु कुमारी साह,अर्चना कुमारी साह,अवकाश प्राप्त शिक्षिका मंजु श्रेष्ठ, संचारीका समूह मधेस प्रदेशकी उपाध्यक्ष सुधा देव, मैथिली साहित्य परिषदको पूर्व कोषाध्यक्ष सर्वेश्वरी झा, राजविराज नगरपालिकाका निवर्तमान उपमेयर साधना झा, मैथिली साहित्य परिषदका उपाध्यक्ष राजकुमार लाल दास,सचिव संजिव नारायण दास सदस्य रवि राय, परिषदको निवर्तमान अध्यक्ष शान्ति झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ललिता झाद्वारा संचालित कार्यक्रममा स्वागत मैथिली साहित्य परिसदकी सदस्य रमिला साहले गरेकी थिईन् ।