शिवप्रसाद आचार्य
फत्तेपुर ११ श्रावण ।
सप्तकोशी नगरपालिका वडा नम्बर १ स्थित रहेको त्रियुगा स्पोर्ट्स क्लवद्वारा संचालित प्रथम रमाइलो मनसुन कप फुटबल प्रतियोगिता २०८० को उपाधि उदयपुरको बेलाका नगरपालिका २ स्थित रहेको लालिगुरास युवा क्लवले हात पारेको छ ।

फत्तेपुर स्थित सहिद रंगशालामा बिहिवार सम्पन्न फाइनल खेलमा आयोजक त्रियुगा स्पोर्ट्स क्लवलाई शुन्यका बिरुद्व १ गोलले पराजित गर्दै लालिगुराँसले उपाधिमाथी कब्जा जमाएको हो। बिजयी टिमका लागि जर्सी नम्बर १५ का खेलाडी सन्देश खत्रीले खेलको ५९ औ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो। जितसंगै लालिगुराँसले नगद १५ हजार , शिल्ड, प्रमाणपत्र, मेडल प्राप्त गरे ।
उपविजेता आयोजक त्रियुगा स्पोर्ट्स क्लव फत्तेपुरले नगद ७ हजार, शिल्ड, मेडल,प्रमाणपत्र, कप प्राप्त गरेको आयोजक क्लवका अध्यक्ष अजय श्रेष्ठले बताए ।

स्वादेश तथा बिदेशमा छरिएर रहेका विभिन्न ब्यक्तिहरुद्वरा सहयोग गरिएको उक्त खेलमा उदयपुर र सप्तरीका गरि ८ टिमको सहभागीता रहेको थियो।
आयोजक क्लवका अध्यक्ष श्रेष्ठको अध्यक्षमा आयोजित एक समारोहका बीच विजेता तथा उपविजेता टिमलाई सशस्त्र प्रहरी बेस क्याम्प फत्तेपुरका इन्चार्ज इन्स्पेक्टर किशोर डागी र राष्ट्रिय ब्याडमिन्टन खेलाडी बिष्णु कटवालका बुवा गोबिन्द कटवालले पुरस्कार बितरण गरेका थिए।