सप्तरीको राजविराजमा संचालित प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा मलिथम फुटबल क्लब उदयपुरले जित हाँसिल गरेको छ । राजविराजस्थित राजरंगशालामा भएको खेलामा आयोजक सप्तरी जिल्ला फुटबल संघ राजविराजलाई ०–१ गोल अन्तरले पराजित गर्दै उदयपुरले जित हाँसिल गरेको हो ।
निर्धारित ८० मिनेटको खेलमा दुबै टिम विच कडा प्रतिस्पर्धा भएको प्रतियोगितामा उदयपुरले दोश्रो हापको १५ औं मिनेटमा पलान्टीको अवसर पाएपछि गोलमा परिणत गरे । उदयपुरको तर्फबाट जर्सी नम्बर ८ का देवराज चौधरीले प्रहार गरेको गोलको निर्णायक बनेको थियो ।

राजविराज नगरपालिकाको सहयोगमा जिल्ला फुटबल संघ सप्तरीद्वारा संचालित प्रतियोगिताको मंगलबारको खेल इश्वरपुर फुटबल क्लब वेलबास सर्लाही र मितेरी फुटबल क्लब ईनरुवा सुनसरी विच हुने जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राज कुमार परियारले बताए ।
असार १६ सम्म चल्ने प्रतियोगितामा घरेलु टोली सप्तरी, सिन्धुली र सिरहा बहिरिएका छन भने बाँकी महोत्तरी, धनुषा, , उदयपुर, सुनसरी र सर्लाहीका फुटबल टिमको विच प्रतिस्पर्धा हुने अध्यक्ष परियारले जानकारी दिए ।