न्यूज टुडे
राजविराज, ४ असार ।
मधेश प्रदेशका उपसभामुख वविता कुमारी राउत इसारले आइतबार सप्तरीको दुई विद्यालयलाई कम्प्युटर र खेलकुद सामाग्री हस्तान्तरण गरेकी छिन ।
विष्णुपुर गाउँपालिका १ अबस्थित जनता माध्यमिक विद्यालय खुरहुरीया र वडा नम्बर ३ स्थित रहेको जनता आधारभुत विद्यालय मुसहर्नियालाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन । उपसभामुख इसरले एक कार्यक्रमको विच माध्यमिक विद्यालय खुरहुरीयाका प्रधानाध्यापक अशोक कुमार यादवलाई खेलकुद सामाग्री प्रदान गरिन । उनले व्याड, फुटबल नेट, चेसबोर्ड, प्लास्टिक बल, लुडो, फुटबल, क्रिपि· ग्लोब्स, व्याटि· ग्लोब्स, भलिबल, विकेट, व्याडमिन्टन, स्पिकि·, हुल्लाहुक्स, क्र्यामबोर्ड लगायतका विभिन्न खेलकुद सामाग्री विद्यालयलाई हस्तान्तरण गरिन ।

यसैगरी जनता आधारभुत विद्यालय विष्णुपुर गाउँपालिका ३ लाई ७ वटा कम्प्युटर प्रदान गरिएको छ । उपसभामुख इसरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र मण्डल र प्रधानाध्यापक प्रमोद कुमार यादवलाई कम्प्युटर हस्तान्तरण गरिन । उक्त अवसरमा विष्णुपुर गाउँपालिका ३ का अध्यक्ष राजेन्द्र सदा, पुर्व अध्यक्ष रामेश्वर यादव, विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य रमेश कुमार यादव, जनमत पार्टी रुपनी गाउँपालिका संयोजक प्रमोद कुमार इसरलगायतका विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।