• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

विद्यालय प्रशासनको लापरबाहीले शिब स्कुलका एक विद्यार्थीको करेन्ट लागेर ज्यान गयो

विद्यालय प्रशासनको लापरबाहीले शिब स्कुलका एक विद्यार्थीको करेन्ट लागेर ज्यान गयो

राजविराज, १२ जेठ ।
विद्यालय प्रशासनको लापरवाहीका कारण राजविराज स्थित शिब इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययरत एक विद्यार्थीको शुक्रवार विहान करेन्ट लागेर मृत्यु भएको छ । राजगढ गाउँपालिका–१ झुटकीका लक्ष्मणप्रसाद यादवको कक्षा १० मा अध्यानरत १५ वर्षीय छोरा पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार विद्यालयले नियमित रुपमा शुक्रबार आयोजना गर्दै आएको खेदकुद प्रतियोगिताको लागि पेशलानन्दलाई स्पिकर बजाउनका लागि विद्युतको पोलमा हुकिङ गर्न खटाइएको थियो ।
हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो । सोही क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । विद्यालयले छात्रछात्राहरुलाई पढाउने भन्दा अतिरिक्त काममा खटाउने गरेको अभिभावकहरुको गुनासो छ । विद्यालय प्रशासनको लापरबाहीले छोराले अकालमै ज्यान गुमाउनु पर्यौ, मृतकको बुवाले भने, घटनाको सत्यतथ्य छानबिन गरि विद्यालय संचालकमाथि कारबाहीको लागि जोडदार माँग गर्दछु । छोरालाई पढनका लागि विद्यालय भर्ना गरेको बताउदै उनले जोखिमपुर्ण बिधुत मज्दुरको रुपमामा खटाएर विद्यालयले छोराको हत्या गरेको आरोप लगाए । घटनाबारे विद्यालयका प्रिन्सिपल नरेशप्रताप साहसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।