• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

पतिको दिर्घायुको कामना गर्दै मैथिल महिलाहरूले भव्यताको साथ मनायो ‘बट सावित्री पर्व’

पतिको दिर्घायुको कामना गर्दै मैथिल महिलाहरूले भव्यताको साथ मनायो ‘बट सावित्री पर्व’

न्यूज टुडे
राजविराज, ५ जेठ।
पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै सप्तरीसहित मिथिलाञ्चलका मैथिल महिलाहरूले बट सावित्री पर्व धुमधाम साथ मनाएका छन् ।

महिलाहरूले नयाँ पहिरनमा वर र पिपलको रुखमा सामूहिक रुपमा विधिपूर्वक पूजा गरि हर्सोउल्लस्को साथ बरसाईत ( बट सावित्री पर्व) मनाएका हुन । प्रत्येक वर्ष जेठ महिनाको अमवशिया तिथिको दिन मनाउने वट सावित्रिको पूजामा मैथिली महिलाहरूले मनाउने चाड मध्ये वट सावित्री अर्थात बरसाईत पर्व मैथिली महिलाहरूका लागि महान् पर्वकै रुपमा मनाइने गर्छन् ।

बरसाईत अर्थात बट सावित्री पर्वको अबसरमा बरको फेदमा फुलप्रसाद चढाउदै ब्रतालुहरु । फोटोः न्यूज टुडे

उक्त अबसरमा पान, सुपारी, केरा, फलफूल, धुप लगायतको विभिन्न पूजन सामग्रीको साथ पूजापाठ गरेर व्रतालु महिलाहरूले आप्mनो श्रीमानको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै वर तथा पिपलको रुखलाई रातो, र पहेलो धागो बेरी पुजा गरिन्छ ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रूख तल बसेर कठोर व्रत गरी आप्mनो पतिको प्राण फर्काएको हुँदा महिलाहरूले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव जातिका महिलाले मात्र गर्ने गरेको बरसाइत पूजा अहिले अन्य जातिका महिलाले समेत पतिको दीर्घायुको कामनासहित गर्न थालेपछि यसको महत्वले बढिरहेको महिलाहरू मिथिला अभियन्ता रमिला साहले जानकारी दिईन । सप्तरीसहित मिथिलान्चलमा हर्सोउल्लासकासाथ बट सावित्री पर्व मनाएको उनले बताईन ।