• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुख्यमन्त्री चौधरीमाथि लगाएको आरोप षड्यन्त्रपुर्ण र पुर्वग्राही छः मोर्चा

मुख्यमन्त्री चौधरीमाथि लगाएको आरोप षड्यन्त्रपुर्ण र पुर्वग्राही छः मोर्चा

न्यूज टुडे
राजविराज, १ जेठ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीमाथि भुटानी शरणार्थी काण्डमा लगाएको आरोप षड्यन्त्रपुर्ण र पुर्वाग्राही रहेको बताएका छन् ।

मोर्चाद्वारा आइतबार एक प्रेस विज्ञाप्ति जारी गर्दै मुख्यमन्त्री चौधरीमाथी लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।   मोर्चाका केन्द्रिय संयोजन समितिका संयोजक श्रवण थारुद्वारा हस्ताक्षरित विज्ञाप्तिमा मुख्यमन्त्री चौधरीमाथि लगाएको आरोप निराधार रहेको जनाएको छ । विना आधार विना प्रमाण लगाएको आरोप राजनीति प्रतिशोध र मुख्यमन्त्री पदबाट निलम्बन गराउनको लागि रचिएको षड्यन्त्र हो, विज्ञाप्तिमा भनिएको छ, यो ईमानदार र सरल जीवन शैलिका धनी इतिहास वोकेको मुलुकको चौथो जनशक्तिमाथी राजनीति बहिष्कारको दुस्प्रयास पनि हो, यश किसिमको जस्तोसुकै दमनको विरुद्धमा थारु समुदाय ठोस प्रतिकार गर्न बाध्य हुने विज्ञाप्तिमा उल्लेख छ ।


पहिलो पटक नेपालको इतिहासमा थारु समुदायबाट मुख्यमन्त्री बन्नुभएको डिल्ली बहादुर चौधरीलाई विना संलग्नता विना प्रमाण निरधार आरोप लगाएको प्रति थरुहट थारुवान राष्ट्रिय मोर्चाको ध्यानाकर्षण भएको विज्ञाप्तिमा भनिएको छ । मोर्चाले भ्रष्टाचार नियन्त्रणका लागि बर्तमान सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले चालेको कदमको स्वागत गरेको छ ।

वर्तमान सरकार तथा गृहमन्त्री माननीय नारायणकाजी श्रेष्ठ ज्युले चलाउनु भएको कदम स्वागतयोग्य छ, उहाको कार्यशैलीप्रति समर्थन जनाउदै धन्यवाद ज्ञापन गर्दछौं थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय संयोजन समितिद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ ।