राजविराज, १६ असोज। तत्कालीन समाजवादी पार्टीका पदाधिकारी र राजपा अध्यक्ष मण्डलको संयुक्त बैठकले पार्टीका २ जना नेतालाई निलम्वन र २ जनालाई कारवाही गर्न माथिल्लो कमिटिमा सिफारिस गर्न गरेको निर्णयको विरोध सुरु भएको छ।
कारवाहीको लागि नाम सिफारिस भएका मधेश प्रदेश समिति सदस्य एमव् जिल्ला पार्टी इन्चार्ज सत्यनारायण यादव र तत्कालिन राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य सुनिकुमार झाले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी निर्णयको विरोध गरेका हुन् ।
जिल्ला पार्टी इन्चार्ज यादवले जारी गरेको विज्ञप्तिमा जसपाको लेटर प्याड दुरुपयोग गरी जनताको अधिकारका लागि पार्टीमा लामो समयदेखि सकृय भुमिका र योगदान दिदै आएकाहरु माथि कारवाहीको सिफारिस र निलम्वन गरिएको ब्यहोराको विज्ञप्ति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएइएको छ ।
हाल जसपाका राष्ट्रिय अध्यक्ष तथा वरिष्ठ नेतासहितको कार्यकारीणी समिति वाहेक कुनै निकायमा पदाधिकारी र समिति नरहेको उल्लेख गर्दै लेटर प्याडको दुरुपयोग गरी जनमानसमा भ्रम फैलाई राजनितिक चरित्र हत्या गर्ने प्रयासको विज्ञप्तिमा भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा त्यस्ता प्रवृत्ति भएकाहरुलाई तत्काल अनुशासनको कारवाही गर्न पार्टीको केन्द्रिय नेतृत्वको ध्यानाकर्षण समेत गराईएको छ ।
यसैगरी, तत्कालिन राजपा अध्यक्ष मण्डलका सदस्य झाद्वारा जारी विज्ञप्तिमा गलत प्रवृत्ति वोकेका र जनाधार नभएका केहि ब्यक्तिले पार्टीको हित विपरित र आफनो क्षेत्राधिकार भन्दा वाहिर गएर भ्रम श्रृजना गरेको जनाईएको छ ।
विज्ञप्तिमा तत्कालिन राजपाको संयोजकको हैसियतमा विज्ञप्ति जारी गरिएको कार्यप्रति ध्यानाकर्षण भएको जनाउँदै राजपा नेपालको अध्यक्ष मण्डलको दुई महिने कार्यअवधि सकिएको महिनौ पछि संयोजकको हैसियतमा जारी गरिएको विज्ञप्तिको भत्र्सना गरिएको छ ।
तत्कालीन समाजवादी पार्टीका पदाधिकारी र राजपा अध्यक्ष मण्डलको असोज १५ गते वसेको संयुक्त वैठकले जिल्ला सदस्य एवम राजविराज नगर अध्यक्ष भिमराज यादव तथा जिल्ला सदस्य लक्ष्मण यादवलाई ६ महिनाका लागि निलम्वन गरेको थियो ।
जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव र हरेराम यादवले विहिवार जारी गरेको प्रेस बिज्ञाप्तिमा भिमराज यादव र अशोक यादवलाई केन्द्रिय सदस्य तथा सत्य नारायण यादवलाई मधेश प्रदेश समिति सदस्यवाट हटाउन सिफारिस गर्ने निर्णय समेत गरेको उल्लेख छ ।
गत असोज ३ गते राजबिराजमा आयोजित विरोध सभामा पार्टीको आचार संहिता उल्लंघन गरी खराव आचरण देखाएको र पार्टीले स्पष्टीकरण माग्दा अवज्ञा गरेकाले कारवाही गर्नु परेको विज्ञप्तिमा जनाईएको छ ।

