• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोना संक्रमणको मौका पारेर मौलायो काठ तस्करी

वन कार्यालय भन्छ– गस्ति सुरु गरेपछि तस्करी घट्यो
कोरोना संक्रमणको मौका पारेर मौलायो काठ तस्करी

वृजनमान तामाङ्ग
विरेन्द्र वजार, १६ असोज। कोरोना संक्रमण र लकडाउनको मौका पारेर सप्तरीको चुरे क्षेत्रमा काठ तस्करी वढेको छ ।

डिभिजन वन कार्यालय सप्तरी र सामुदायिक वन उपभोक्ता समुहले पछिल्लो समय गस्ति सुरु गरेपछि तस्करी हुँदै गरेको काठ वरामद हुन थालेको छ । तर, संलग्नहरु भने फरार हुने गरेको वन कर्मचारीहरु वताउँछन् ।

राष्ट्रिय वनमै काठ चिरान गरी तस्करी हुने गरेको छ। जंगलमै काठ चिरान हुने गरेको र पछिल्लो समय धमाधम तस्करी भईरहेको काठ नियन्त्रणमा पर्नुले लकडाउनको समयमा अत्याधिक काठ तस्करी भएको अनुमान छ ।

चुरे पहाडसँग जोडिएको अधिकांश समतल क्षेत्र सामुदायिक वनका रुपमा समुदायलाई हस्तान्तरण गरिएको छ। समतल भुभाव संरक्षणको जिम्मा समुदायले लिएपछि वन कार्यालयले पनि गस्तिमा कडाई गरेको छैन ।

उपभोक्ता समुहले चुरे क्षेत्रको वास्ता नगर्ने र वन कर्मचारीले गस्तिमा क्रियासिलता नदेखाएका कारण तस्करी मौलाएको स्थानीयहरु वताउँछन् । पछिल्लो समय डिभिजन वन कार्यालयले सकृयता वढाएपछि तस्करी हुँदै गरेको काठ वरामद हुन थालेको छ। तर, वन कार्यालयले अझै पनि तस्करलाई नियन्त्रणमा लिन सकेको छैन ।

विहिवार राती दुधैला खोलाबाट राष्ट्रिय वन क्षेत्रवाट तस्करी हुँदै गरेको काठ गस्ति टोलीले नियन्त्रणमा लियो । यसैगरी, अग्निसाईर कृष्णासवरण गाउँपालिकाको महुली खोलाबाट ८ थान र दौलतपुरबाट चिरान काठ सहित एक महिला पक्राउ परेकी छिन् ।

अग्निसाईर कृष्णासवरण गाउँपालिका २ बाट गत असोज ६ गते पनि चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय सप्तरीका डिभिजनल वन अधिकृत सन्तोस झाले वताए । बनदेबी सामुदायिक बन उपभोक्ता समुह भुर्किले नियन्त्रणमा लिएको उक्त काठ बन कार्यालयको जिम्मा लगाइएको छ ।

सामुदायिक बन उपभोक्ता समुहको गस्तिलाई देखेपछि तस्करहरु काठ फालेर भागेको समुहका अध्यक्ष रामपुजन चौधरीले वताए । यसअघि गत असोज ४ गते पनि रुपनी गाउँपालिका–६ दुधैला खोलावाट सखुवाको चिरान काठ वरामद भएको थियो ।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख झाका अनुसार काठ, वालुवासहित वन पैदावारको चोरी निकासी नियन्त्रण गर्न हाल २४ घण्टे गस्ति खटाईएको छ । गस्टि टोली घुम्न थालेदेखि नै अवैध रुपमा तस्किरी हुँदै आएको काठ, वालुवा लगायतका वन पैदावार नियन्त्रण पनि सुरु भएको उनले वताए ।

वन पैदवार संरक्षणका लागि सामुदायिक बन उपभोक्त समुहलाई पनि सकृय वनाईएको झाले जानकारी दिए ।