राजविराज, १६ असोज। सप्तरीमा शुक्रवार १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज ६ का ४० वर्षिय पुरुष, वडा नं. ११ का ४७ वर्षिय पुरुष वडा नं. ७ का ४२ र ४० वर्षिय पुरुस तथा ४०, ५५, ६०, ३८, १६, १४ र ३० वर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, डाकनेश्वरी नगरपालिका ६ का ५०, २० र ६५ वर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले वताए ।
यो सहित सप्तरीमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या १३ सय ३ पुगेको छ । जसमध्ये १६ जनाको मृत्यु भएको र १ हजार ३३ जना निको भएको यादवले जानकारी दिए ।