• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संविधान संशोधनको विकल्प छैनः उपेन्द्र यादव

संविधान संशोधनको विकल्प छैनः उपेन्द्र यादव

राजविराज, १६ असोज। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विकल्प नभएको वताएका छन् ।

सप्तरीको बोदे बरसाईन नगरपालिका–५ बरसाईन बजारमा आयोजित कार्यक्रर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो वताएका हुन । नेपालको संविधान त्रुटिपूर्ण रहेकाले समय सापेक्ष परिमार्जन र संशोधनको विकल्प नरहेको उनको भनाई छ ।

त्रुटिपुर्ण ब्यवस्थाकै कारण लागु भएको यति लामो समयसम्ममा पनि संविधान सर्वस्किार्य हुन नसकेको वताएका यादवले संघियताको मर्मलाई आत्मसाथ गर्न पनि यसलाई सच्याउनुको विकल्प नरहेको वताए । त्रुटि र कमजोरीलाई सच्याएर राम्रा पक्षलाई संस्थागत गर्दै जानु पर्ने उनको सुझाव छ ।

कार्यक्रममा प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री सैलेन्द्रप्रसाद साह, राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रदेश सांसादहरु मनिषकुमार सुमन, विदेश्वर प्रसाद यादव (विक्कि), नेत्र बिक्रम साहसहित स्थानीय तहका जनप्रतिनिधि र पार्टीका नेता÷कार्यकर्ताको उपस्थिती थियो।

यसअघि अध्यक्ष यादवले पार्टीका केन्द्रिय सदस्य स्वर्गीय हरि राय यादवको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।