• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सितापुरमा ५ वेडको कोभिड अस्पताल वन्ने, स्वास्थ्य चौकी गोदाम घरमा सारीने

सितापुरमा ५ वेडको कोभिड अस्पताल वन्ने, स्वास्थ्य चौकी गोदाम घरमा सारीने

राजविराज, १५ असोज। सप्तरीको अग्निसाई कृष्णासवण गाउँपालिका २, सितापुरको स्वस्थ्य चौकी र बर्थिङ्ग सेन्टर अन्यत्र सार्ने गाउँपालिकाको प्रयास असफल भएको छ । निर्णयको बिरोधमा स्थाीयवासी आन्दोलनमा उत्रिएपछि गाउँपालिका आफनो निर्णयवाट पछि हटेको हो ।

केहि दिन अघि सम्पन्न गाउँसभावाट हाल संचालनमा रहेको स्वास्थ्य चौकीमा ५ वेडको कोभिड अस्पताल बनाउने निर्णय अनुसार संचालमा रहेको स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टर अन्यत्र सार्ने प्रयास भएको थियो ।

गाउँपालिकाले स्वास्थ्य चौकीलाई वडा नं २ को कार्यालय र बर्थिङ्ग सेन्टरलाई वडा नम्बर १ मा सार्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि पत्राचार भएपछि जानकारी पाएका स्थाीयवासीले विहिवार विहानैदेखि आन्दोलन सुरु गरे । स्थानीय मिलन चौधरीले भने–‘गाउँपालिकाले आईतवारसम्म दुबै स्वास्थ्य सेवा सार्न पत्राचार गरेको सूचना थाहा पाएपछि हामीले आन्दोलन सुरु गरेका हौ।’

स्थानीयले आन्दोलन सुरु गरेपछि गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीसहितको टोलीसँग भएको छलफलको निर्णय अनुसार स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टरको सेवा यथावत राखि कोभिड अस्पताल संचालन गर्ने निर्णय भएको स्थानीयले जनाएका छन्।

छलफलमा स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर गाउँपालिका कार्यालय नजिकै रहेको गोदाममा सार्ने र स्वास्थ्य चौकी संचालनमा रहेको भवनलाई कोभिड अस्पताल वनाउने निर्णय भएको छ।

उक्त छलफलमा गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरी, वडा नम्बर २ का वडाध्यक्ष पशुपति चौधरीलगायतको समेत उपस्थिती थियो । निर्णय लगत्तै अध्यक्ष र उपाध्यक्षले पुरानो गोदाम घरको पनि निरिक्षण गरेका छन् ।

हाल उपयोग विहिन अवस्थामा रहेको गोदाम घर ०३४ सालमा सडक डिभिजनले निर्माण गरेको हो ।