बृजमान तामाङ्ग
बिरेन्द्र बजार, १५ असोज । जनता समाजवादी पार्टी सप्तरीका २ नेता निलम्वनमा परेका छन्। अन्य दुई जनालाई कारवाहीको लागि माथिल्ला कमिटिमा सिफारिस गरिएको छ ।
पार्टीको जिल्ला पदाधिकारीहरुको वैठकले जिल्ला सदस्य एवम राजविराज नगर अध्यक्ष भिमराज यादव तथा जिल्ला सदस्य लक्ष्मण यादवलाई ६ महिनाका लागि निलम्वन गरेको हो ।
जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव र हरेराम यादवले विहिवार जारी गरेको प्रेस बिज्ञाप्तिमा उनीहरुलाई जिम्मेवारी मुक्त गरिएको जनाईएको छ ।
गत असोज ३ गते राजबिराजमा आयोजित विरोध सभामा पार्टीको आचार संहिता उल्लंघन गरी खराव आचरण देखाएको र पार्टीले स्पष्टीकरण माग्दा अवज्ञा गरेकाले कारवाही गर्नु परेको विज्ञप्तिमा उल्लेख छ ।
‘कार्यक्रम संचालन गरिरहेका नेता चित्तरन्जन यादवलाई अभद्र व्यबहार गरेको हुदा नेता भिमराज यादवलाई जिल्ला समवन्य समितीका सदस्य र राजबिराज नगरपालिका अध्यक्षको जिम्मेवारीबाट ६ महिनाको लागि हटाएको छ’ बिज्ञाप्तिमा भनिएको छ–‘जिल्ला नेता लक्षमण यादवलाई समेत जिल्ला समन्वय समितिको जिम्मेवारीबाट ६ महिनाको लागि मुक्त गरिएको छ ।’
तत्कालीन समाजवादी पार्टीका पदाधिकारी र राजपा अध्यक्ष मण्डलको बिहिवार संयुक्त बैठक बसेको थियो । सो वैठकले भिमराज यादव र अशोक यादवलाई केन्द्रिय सदस्य तथा सत्य नारायण यादवलाई मधेश प्रदेश समिति सदस्यवाट हटाउन सिफारिस गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
