राजविराज, १५ असोज। विराटनगरमा उपचाररत सप्तरीका कोरोना संक्रमित एक पुरुषको विहिवार मृत्यु भएको छ ।
विष्णुपुर गाउँपालिका–५ का ६७ वर्षिय पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो तथा स्वासप्रस्वासमा समस्या आएपछि वुधवार उनलाई अस्पताल भर्ना गरिएको थियो । वुधवारै गरिएको पिसिआर परिक्षणको रिपोर्ट विहिवार पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालको आईसोलेसनमा उपचारकै क्रममा उनको करिव २ वजे मृत्यु भएको हो । योसहित सप्तरीमा कोरोना संक्रमणवाट मर्नेको संख्या १५ पुगेको छ ।
यता, सप्तरीमा विहिवार ७ शैनिक सहित थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाली सेनाको भिम दल गणका २३ वर्षिया महिला तथा २६, ३५, २६, ३२ , ३२ र ३५ वर्षिय पुरुष, छिन्नमस्ता गाउँपालिका १ का २० वर्षिया महिला, खडक नगरपालिका ७ का २२ वर्षिय पुरुष, वडा नं. ९ का २१ वर्षिय पुरुष र राजविराज ६ का ३१ वर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या १२८६ पुगेको छ भने १ हजार २३ जना कोरोना मुक्त भएका छन् ।