• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोना संक्रमणका कारण सप्तरीका एक पुरुषको धरानमा मृत्यु

कोरोना संक्रमणका कारण सप्तरीका एक पुरुषको धरानमा मृत्यु

राजविराज, १४ असोज।

सप्तरीका एक पुरुषको कोरोना संक्रमणका कारण वुधवार विहान धरानमा मृत्यु भएको छ ।

अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ घर भई राजविराज नगरपालिका ४ मा वस्दै आएका ३९ वर्षिय पुरुषको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत असोज १ गते उनले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोना जाँच गराएका थिए ।

सोहि दिन कोरोना रिपोर्ट पोजेटिभ आएका उनलाई उपचारका लागि कोभिड अस्पतालमा सारिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ महिलासहित १५ पुगेको छ।