• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मैनाकडेरीमा महिलाको हत्याः संलग्नको पहिचान अझै खुलेन

मैनाकडेरीमा महिलाको हत्याः संलग्नको पहिचान अझै खुलेन

राजविराज, १२ असोज। सप्तरीको तिरहुत गाउँपालिकामा –२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ ।

५० वर्षीया दयामनदेवी यादवको शव उनकै घरमा फेला परेको छ।

घाँटीमा डोरीले बाँधेर दबाइएको, आँखा फुटाइएको र कानसमेत काटिएकाको अवस्थामा शनिवार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, हालसम्म कुनै प्रगति देखिएको छैन । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेश सिंहले गरिरहेका छन् । अनुसन्धानमा सङ्घीय प्रहरी र प्रदेश प्रहरीले समेत सहयोग गरिरहेको जनाईएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्ट मार्टम गरिएको छ । गाउँदेखि अलग्गै स्थानमा रहेको घरमा एक्लै बस्दै आएकी महिलाको हत्या नै भएको कोणवाट अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

घट्ना अनुसन्धानकै प्रकृयामा रहेको र हालसम्म संलग्नको पहिचान नखुलेको डिएसपी सिंहले वताए ।