• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

औचित्य हेरेर मात्र सेवाग्राही पठाउन स्थानीय तहलाई जिल्ला प्रशासनको आग्रह

औचित्य हेरेर मात्र सेवाग्राही पठाउन स्थानीय तहलाई जिल्ला प्रशासनको आग्रह

राजविराज, ११ असोज। जिल्ला प्रशासन कार्यालय सप्तरीले आवश्यक्ता र औचित्यका आधारमा मात्र सेवाग्राहीलाई पठाउन स्थानीय तह र वडा कार्यालयहरुलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्याका एक जना कर्मचारीको कोरोनाका कारण मृत्य तथा अन्य केहि कर्मचारीहरु समेत संक्रमित भई न्यून जनशक्तिवाट कार्यालयको काम सम्पादन गर्नु पर्ने र वर्तमान अवस्थाका कारण सेवाग्राहीलाई समेत स्वास्थ्य सम्वन्धि समस्या पर्न सक्ने संकेत गर्दै कार्यालयले यस्तो आग्रह गरेको हो ।

कार्यालयले असोज ९ गते जारी गरेको सूचनामा सेवाग्राहीको स्वास्थ्य सुरक्षासमेतलाई ध्यानमा राखेर सिफारिस गर्न आग्रह गर्दै स्वास्थ्य सुरक्षा सतर्कता सम्वन्धि मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

कार्यालयले सर्तसहित नयाँ नागरिक्ता र प्रतिलिपी नागरिक्ता वितरणको काम पनि सुरु गरेको छ । जनशक्ति र कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गरी स्थानीय तहअनुसार साताको एक दिन काम गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

आईतवार शम्भुनाथ, सुरुङ्गा र डाकनेश्वरी नगरपालिका, सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महदेवा गाउँपालिका, वुधवार तिलाठि कोईलाडि र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाको कार्य सम्पादन गरिने ठाकुरको भनाई छ ।

सप्तकोशी र कञ्चनरुप नगरपालिकाको इलाका प्रशासन कार्यालय कञ्चनपुर तथा वोदेवरसाईन नगरपालिका र वलान विहुल गाउँपालिकाको काम इलाका प्रशासन कार्यालय वोदेवरसाईनवाट नै भईरहेको पनि ठाकुरले जानकारी दिए ।