• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ६३ वर्षिय कोरोना संक्रमितको मृत्यु

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ६३ वर्षिय कोरोना संक्रमितको मृत्यु

राजविराज, १० असोज। सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रवार राति सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

राजविराज नगरपालिका ३ का ६३ वर्षिीय पुरुषको राती करिव साढे १ वजे मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रस्वाशमा कठिनाई भएपछि उनी मोरङ्गको विराटनगर स्थित बिराट मेडिकल कलेजमा भर्ना भएका थिए । समस्या वढ्दै गएपछि उनलाई धरान रिफर गरिएको थियो ।

धरानमा गरिएको परिक्षणमा भदौ ८ गते कोरोना पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेका वेला शुक्रवार राती उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनलाई मुटु रोगसहित अन्य विभिन्न दिर्घ रोग पनि रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

नियमानुसार उनको शव ब्यवस्थापनको तयारी भईरहेको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

यो सँगै सप्तरीमा कोरोना संक्रमण भएका मृतकको संख्या १३ पुगेको छ ।