Top_Header_Right_Add

सप्तरीमा दुई दिनभित्र ४५ फरार अभियुक्त पक्राउ [विवरणसहित]

३१ वर्षपछि समातिए कुशेश्वर भन्ने खुसहर महतो
सप्तरीमा दुई दिनभित्र ४५ फरार अभियुक्त पक्राउ [विवरणसहित]

राजविराज, ९ असोज। कुटपिट मुद्दामा कैद तथा जरिवाना गर्ने सप्तरी जिल्ला अदालतको फैसलापछि फरार भएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ का ५५ वर्षिय कुशेश्वर भन्ने खुसहर महतोलाई ३१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

महतो विरुद्ध दर्ता भएको कुटपिट मुद्दामा ०४५ मंसिर २७ गते अदालतले फैसला सुनाएको थियो । सोहि दिनदेखि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीवाट खटिएको प्रहरी टोलीले विहिवार राती घरवाटै पक्राउ गरेको हो ।

यसैगरी, अदालतको अपहेलाना मुद्दामा आफु विरुद्ध फैसला भएपछि फरार भएका तिलाठी कोईलाडी गाउँपालिका १ का ४० वर्षिय दुर्गानन्द यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । ०४९ माघ १५ गते जिल्ला अदालतको फैसला आएपछि फरार भएका यादवलाई पनि विहिवार राती घरवाटै पक्राउ गरिएको हो ।

अदालतको फैसलापछि फरार भएका दुवै जना हाल घरमै लुकिछिपी वस्ने गरेको जानकारीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले वताए ।

महतो र यादव मात्र होईन। प्रहरीले विगत दुई दिनमा फरारको सुचिमा रहेका ४५ जनालाई पक्राउ गररेको छ । सप्तरी जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसलापछि उनीहरु फरार थिए । तर, हाल घरमै वसिरहेको जानकारीपछि उनीहरुलाई पक्राउ गरिएको खड्काको भनाई छ । अदालतको फैसला कार्यान्वयन गराउने क्रममा सवैलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ परेकाहरु मध्ये कुटपिट/लुटपाट मुद्दाका २८, डाका मुद्दाका १, जालसाझी मुद्दाका १, ज्यान मार्ने उद्योग र कुटपिट मुद्दाका १, कुटपिट/अंगभंग मुद्दाका २, वन मुद्दाका २, अदालतको अपहेलना मुद्दाका १, वहु विवाह मुद्दाका १, कर्तब्य ज्यान मुद्दाका १, सवारी ज्यान मुद्दाका १, केहि सार्वजनिक अपराध मुद्दाका ४, अपहरण मुद्दाका १ र गालि वेईजति मुद्दाका १ जना रहेको खड्काले जानकारी दिए ।

फक्राउ गरिएका सवैलाई सप्तरी जिल्ला अदालतमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले वताए ।

नामावली हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।

२०७७ असोज ७ र ८ गते पक्राउ परेका अभियुक्तहरु

२०७७ असोज ८ र ९ गते पक्राउ परेका अभियुक्तहरु

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer