राजविरा, ९ असोज। दुई/तीन दिन देखिको अविरल वर्षाका कारण सप्तरीका खहरे खोलामा वाढिको वहाव वढेको छ । नदि आसपासमा रहेका वस्ति जोखिममा परेका छन भने सदरमुकामसहित विभिन्न स्थानीय तहमा डुवान सुरु भएको छ ।
खड्क, त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गंगाजली, सप्तकोशी, महुली, जिता, खाडो, बलान, जितालगायत नदीमा वाढि वढेको छ।
वाढिका कारण सदरमुकाम राजविराज समेत डुवानमा परेको छ। लगातारको वर्षा र वाढिका कारण घर–घरमा पानी पसेको राजविराज ७ निवासी गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
यसैगरी, अन्य स्थानीय तहमा पनि वाढिको जोखिम वढेको छ ।
जल तथा मौषम विज्ञान विभागले पनि शुक्रवार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले प्रदेश १ र २ मा एक/दुइ स्थानमा राती पनि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।
सोहि सुचनाका आधारमा स्थानीय तहले नागरिकलाई पनि सचेत गराउन थालेका छन् । तिलाठि कोईलाडि गाउँपालिकाका कर्मचारी राजेश झाले सामाजिक संजाल मार्फत सचेत र सुरक्षित रहन सवैलाई आग्रह गरेका छन् ।