Top_Header_Right_Add

सप्तरीमा विहिवार थपिए १४ जना कोरोना संक्रमित

सप्तरीमा विहिवार थपिए १४ जना कोरोना संक्रमित

राजविराज, ८ असोज । सप्तरीमा विहिवार १४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रादेशीक प्रयोगशाला जनकपुरवाट आएको रिपोर्ट अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाका १३ र महादवा गाउँपालिकाका १ गरी १४ जनालाई संक्रमण पुष्टि भएको छ ।

हनुमाननगर कंकालिनी नगरपाकिला १ का २७ वर्षिया महिला र ३९ वर्षिय पुरुष, वडा नं. १२ का ५०, ८२ र ४० वर्षिय पुरुष, ३५, १८, १५, ३०, ३०, २२ र २ वर्षिया महिला, वडा नं. ३ का ४२ वर्षिय पुरुष तथा महदेवा गाउँपालिका ४ का ३२ वर्षिय पुरुषलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १२ सय २६ पुगेको छ। जसमध्ये १२ जनाको मृत्यु भएको छ भने ८५१ जना डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म ३६३ जना सकृय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer