Top_Header_Right_Add

कोरोनाका कारण सिडिओका भान्सेको मृत्यु

कोरोनाका कारण सिडिओका भान्सेको मृत्यु

राजविराज, ८ असोज। सप्तरीका सिडिओ शंकरहरी आचार्यका भान्सेको विहिवार कोरोना संक्रमणका कारण मृत्य भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी ६६ वर्षिय पुरुषको विहिवार विहान मृत्यु भएको हो ।

भदौ २८ उनको पिसिआर परिक्षण गरिएको थियो भने ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि उनी एक दिन साईकृष्ण आईसोलेसनमा वसेका थिए । तर, स्वास्थ्य अवस्था सामान्य रहेकाले उनलाई होम आईसोलेसनमा पठाईएको थियो ।

विहिवार विहानसम्म सामान्य अवस्थामा रहेका उनी चिया खाएर पुनः सुत्न गएको र फेरी नउठेको जनाईएको छ ।

यद्यपी जिल्ला प्रशासन कार्यालयका कुनै पनि कर्मचारी मृतकको सम्पर्कमा नरहेको कार्यालयका सुचना अधिकारी आनन्द ठाकुरले वताए ।

‘कार्यालय संचालन गर्ने तयारी सुरु भएपछि हामीले सवै कर्मचारीको पिसिआर परिक्षण गराएका थियौं’ ठाकुरले भने–‘त्यसवेला सिडिओ कार्यालयका ४ जना कर्मचारीलाई संक्रमण देखिएको हो, उनीहरुसँग कसैको पनि सम्पर्क छैन ।’

योसँगै सप्तरीमा कोरोना संक्रमण भएका मृतकको संख्या १२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer