• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

हनुमानगर कंकालिनी नगरपालिकाका मेयर साह काठमाण्डौं रेफर

हनुमानगर कंकालिनी नगरपालिकाका मेयर साह काठमाण्डौं रेफर

राजविराज, ७ असोज। कोरोना संक्रमण पुष्टि भएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको कोरोना परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार कोरोना संक्रमण पुष्टि भएका उनलाई जनकपुरको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा समेत रहेका उनलाई श्वासप्रश्वासको समस्या बढ्दै गएपछि काठमाडौं रिफर गरिएको कोभिड अस्पतालले जनाएको छ । उनलाई निमोनियाको समस्या पनि देखिएको छ ।

स्वास्थ्य समस्या वढ्दै गएको र कोभिड अस्पतालमा भेन्टिलेटरको अभाव भएकाले काठमाडौं रेफर गरिएको जनाईएको छ । तर, उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

मेयर साहका चालक ३२ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।