• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

प्रहरीद्वारा पिकअपसहित साढे १७ लाखको सामान नियन्त्रण

प्रहरीद्वारा पिकअपसहित साढे १७ लाखको सामान नियन्त्रण

राजविराज, ६ असोज । सप्तरीमा प्रहरीले अवैद्य सामान ओसार पसारमा संलग्न पिकअप र गाईसहित साढे १७ लाख मुल्य वरावरको सामान नियन्त्रणमा लिएको छ ।

जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरीले मटर, बिडी, खैनी, चकलेट तथा औषधीजन्य सामग्रीसहित पिकअप नियन्त्रणमा लिएको हो ।

भारतीय क्षेत्रवाट दुई वटा जर्सी गाई वोकेर नेपाल प्रवेश गरेको मे १ च २०३४ नम्वरको पिकअप नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिए ।

अपराध रोकथाम तथा नियन्त्रण, शान्ति सुरक्षा, कोरोना संक्रमण नियन्त्रण लगायतका लागि खटिएको प्रहरी टोलीले उक्त समाग्री र पिकअप नियन्त्रणमा लिएको उनले वताए ।