• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सासुसँगको झगडाले गयो सनिचरीको ज्यान

सासुसँगको झगडाले गयो सनिचरीको ज्यान

अशोक शर्मा
सखडा, ६ असोज। सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुरकी एक महिलाले सोमवार राती आत्महत्या गरेकी छिन् ।

रामटोल वस्ने आशोक रामकी पत्नि ३० वर्षिया सनिचरी देवी रामले आफनो घरको धरिनमा सलको पासो वनाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

सासु र ४ छोरीसहित घरमा वसेकी थिईन । सोमवार साँझ खाना खाएर सुत्ने वेलामा सासुसँग सनिचरीको झगडा भएको स्थानीयले जानकारी दिएका छन् । सोहि झगडाका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले पनि अनुमान गरेको छ । तर, झगडाको विषय भने खुलाईएको छैन ।

विहान करिव ५ वजे उनलाई झुण्डिरहेको अवस्थामा परिवारका सदस्यले फेला पारेका थिए ।

पति अशोक राम भने वैदेशीक रोजगारीका लागि डेढ वर्षअघि नै मलेसीया गएका छन् ।

सनिचरी अशोककी दोस्रो पत्नि हुन् । २ छोरीको जन्म भएपछि पहिलो पत्निको मृत्यु भएको र अशोकले उनकै वहिनी सनिचरीसँग विवाह गरेका थिए ।

सनिचरीतर्फ अशोकका १२ वर्ष मुनिका २ छोरी रहेको ईलाका प्रहरी कार्यालय सखडाका सई रामवालक ठाकुरले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाईएको सई ठाकुरले वताए ।