राजविराज, ६ असोज। प्रेस काउन्सिल नेपालले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार २०७७’ वाट सप्तरीका राजु विश्वकर्मा पुरस्कृत भएका छन् । पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याए वापत उनीसहित २७ जना यो पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रिय समाचार समितिमा कार्यरत विश्वकर्मा हाल सिरहा कार्यक्षेत्र वनाएर पत्रकारीता गरिरहेका छन् ।
उनीवाहेक लमजुङकी शान्ता कमली, कास्कीकी राधिका कँडेल, दैलेखका शेरबहादुर थापा र दिपेन्द्र वली, उदयपुरका रेणु पराजुली, रोल्पाका देवीकुमारी गुरुङ, धनुषाका राजनकुमार सिंह, काठमाडौंकी कमला श्रेष्ठ, मकवानपुरका गिरिजा अधिकारी, कैलालीका गणेश चौधरी, रामेछापका माधवप्रसाद पौडेल, चितवनका सुरेसचन्द्र अधिकारी र इलामका सटेन्द्रकुमार जबेगुलाई सो पुस्कार प्रदान गरिएको छ ।
प्रेस काउन्सिलको ५१ औं वार्षिकोत्सवका अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कारद्वारा सम्मान गरिएको हो । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पुरस्कार प्रदान गरेका थिए ।
यस्तै ‘प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार २०७७’ बाट काठमाडौंकी नितु पण्डित, कास्कीका दिपेन्द्र श्रेष्ठ, काठमाडौँका उमेश श्रेष्ठ र ऋषि धमला, राजन कार्की, धनुषाका धर्मेन्द्रकुमार कर्ण र झापाका गोविन्दचन्द्र क्षेत्री सम्मानीत भएका छन् ।