• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

वडाध्यक्षको निधनमा शोक मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक विदा

वडाध्यक्षको निधनमा शोक मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक विदा

राजविराज, ६ असोज। सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्ष गोबिन्द सिंह थापा मगरको निधनमा शोक मनाउन मंगलवार गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाका अध्यक्ष हरेराम यादवले सोमबार शोक बक्तब्य जारी गर्दै वडा अध्यक्षको शोकमा एक दिन बिदा दिने निर्णय भएको जनाएका छन्।

‘वडा अध्यक्षको अप्रत्याशित र असमायिक निधनले हामी गाउँपालिका परिवार अत्यन्तै दुखी एबम स्तब्ध भएका छौ’ शोक बक्तब्यमा भनिएको छ–‘उनि होनहार, जुझारु, ईमान्दार, सरल, मिलानसार र जनमैत्री ब्यक्तित्व थिए ।’

वडा अध्यक्ष मगरले निर्बाह गरेको समवन्यकारी भुमिका तथा बिकास/निर्माण र सामाजिक कार्यमा देखाएको सकृयता विर्सनै नसक्ने रहेको अध्यक्ष यादवले जनाएका छन् । वडा अध्यक्ष मगरको निधनले एक कुसल सहयोद्धा गुमाउनु परेको भन्दै यादवले दिबंगत आत्माको चिर शान्तिको कामानासहिर्त श्रद्धाञ्जली दिएका छन्।

शोक वक्तब्यमा शोक सन्तत्व परिवारजन प्रती समदेवदना प्रकट गरिएको छ। साथै उनको निधनमा शोक मनाउन गाउँपालिका अन्तर्गतका सम्पुर्ण शाखा, उपशाखा, बिषयगत शाखा, वडा कार्यालय, शैक्षिक संस्थाहरु र अन्य संघसंस्थाहरु वन्द रहने जनाइएको छ ।

लिभर जण्डिसका कारण ५५ वर्षिय मगरको सोमवार निधन भएको थियो ।