• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अवैद्य रुपमा वालुवा निकासी गरेको आरोपमा ट्याक्टरसहित ८ पक्राउ

अवैद्य रुपमा वालुवा निकासी गरेको आरोपमा ट्याक्टरसहित ८ पक्राउ

विरेन्द्र वजार, ५ असोज। डिभिजन वन कार्यालय कञ्चनपुरले सोमवार अवैध वालुवा ओसार–पसार गरेको आरोपमा एउटा ट्रयाक्टरसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

कञ्चनरुप नगरपालिका स्थित पौडा खोलाबाट उनीहरुलाई नियन्त्रणमा लिईएको हो । अबैध रुपमा बालुवा निकासी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिईएको कार्यालयले जनाएको छ ।

सुराकीको आधारमा शनिबार राती १२ बजे उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला वन अधिकृत संतोष झाले जानकारी दिए ।

केही दिन यता चोरी तस्करी वढेको भन्दै स्थानीयले गुनासो गर्न थालेपछि डिभिजन वन कार्यालय सप्तरी र सव वन डिभिजन कार्यालयहरु मार्फत गस्ति वढाईएको झाले जानकारी दिएका छन् ।