• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राष्ट्रिय वनवाट तस्करी हुँदै गरेको काठ वन कर्मचारीद्वारा नियन्त्रण

राष्ट्रिय वनवाट तस्करी हुँदै गरेको काठ वन कर्मचारीद्वारा नियन्त्रण

विरेन्द्र वजार, ५ असोज। रातको समयमा राष्ट्रिय वनवाट अवैध रुपमा तस्करी हुँदै गरेको चिरान काठ वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

जिल्लाको रुपनी गाउँपालिका– ६, स्थित दुधेला खोलाबाट काठ वरामद गरिएको हो ।

आईतवार राती सव डिभिजन वन कार्यालय रुपनीको गस्ती टोलिले ८ थान (६ क्युफिट) सालको चिरान काठ बरामद गरको जिल्ला वन अधिकृत संतोष झाले जानकारी दिए ।

गस्ती टोलीसित जम्का भेट भएपछि काठ तस्करहरु भने भागेको झाले वताए । बरामद काठ सव डिभिजन वन कार्यालय रुपनीमा राखिएको र तस्करहरुको खोजी भईरहेको उनले बताए ।

काठ तस्करी वढेको भन्दै स्थानीयले दिएको सुचना र गुनासोपछि त्यस क्षेत्रमा गस्ती बढाएको झा वताउँछन्।