राजविराज, १८ साउन। कोरोनाको त्रास वढेपछि स्थानीयको पहलमा सप्तरीको राजविराज नगरपालिका–७ स्थित हटिया आईतवारदेखि शिल गरिएको छ । हटिया प्रवेश गर्ने सवै नाका वन्द गरीएको छ भने सवै नाकामा ‘प्रवेश निषेध’ को ब्यानर लगाईएको छ।
शनिवार सार्वजनिक भएको पिसिआर रिपोर्ट अनुसार राजविराज–७ मा २ जना र हालसम्म करिव आधा दर्जन ब्यक्तिलाई कोरोना संक्रमण देखिएपछि हटिया वन्द गरिएको स्थानीयले वताएका छन् । शनिवारको रिपोर्ट अनुसार वडा नं. ७ का ५५ र ४० वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस वाहेक नगर क्षेत्रमा मात्रै शनिवार १८ जना संक्रमित थपिएका छन् ।
राजविराजमा कोरानाका कारण एक जनाको मृत्यु तथा समुदायमै संक्रमण फैलिएपछि नगरपालिकाले लकडाउन तथा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको छ । यति हुँदा पनि हटिया संचालनमै रहेकाले स्थानीय तहको पहलमा हटिया वन्द गरिएको विन्दि साहले जानकारी दिए ।
‘हटियामा झण्डै आधा दर्जन मान्छे संक्रमित भएका छन्, त्रासको वातावरण छ’ उनले भने–‘यस्तो अवस्थामा पनि मान्छेहरु अवुझ भएर ओहोर–दोहोर गरिरहेपछि वन्द गराउनुको विकल्प थिएन।’ हटिया प्रवेश गर्ने चार वटै नाका वन्द गरिएको र वाहिरवाट प्रवेश निशेध गरिएको उनले जानकारी दिए ।
राजविराज नगर क्षेत्रमा कोरोना संक्रमणको त्रास नरोकिएसम्म हटिया संचालन गर्न नदिने उनले जानकारी गराए ।
यता, नगर क्षेत्रमा निशेधाज्ञाको उलंघन भएको भन्दै चर्को आलोचना भएको थियो । जिल्ला प्रशासन कार्यालयले भने नागरिकको इच्छा र आवश्यक्ता अनुसार नै निशेधाज्ञा जारि गरिएकाले त्यसको कार्यान्वयका लागि पनि नागरिक नै सचेत हुनु पर्ने जनाएको छ ।
कार्यालयका प्रवक्ता आनन्द ठाकुर भन्छन्–‘यस्तो अवस्था भनेको प्रहरी लगाएर मान्छे लखेट्ने होईन । निशेधाज्ञा जारी गरेर नागरिकलाई अवस्थाको वारेमा जानकारी गराईएकाले सोहि अनुसार सचेत भएर वस्ने हो ।’
आफनो फेसवुक प्राफोईलमा ठाकुरले लेखेका छन्–‘प्रजिअद्वारा जारिी निषेधाज्ञा र राजविराज नगरपालिकाको वन्दाववन्दी कसका लागि ? यदि जनताकै लागि हो भने, पालना गराउन सुरक्षार्की किन खटाउनु पर्ने, आफै संयमित भए पुगेन ?’
सम्वन्धित समाचार