• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भारदहका युवाहरुद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

भारदहका युवाहरुद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

राजविराज, ८ असार । सार्वजनिक सरोकारका सूचनामा सहज पहुँच तथा विकास निर्माण सम्वन्धी कामहरुलाई पारदर्शी गर्नुपर्ने लगायतका मागहरु राख्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ का युवाहरुले संघर्षका कार्यक्रमहरु अगाडि बढाएका छन् ।
कौशिकी जनहित समाज नेपाल आवद्ध युवाहरुले वडा कार्यालय अगाडि धर्ना एवम् विरोध प्रदर्शन गर्दैआएका छन् । उनीहरुले असार १० गते वडा कार्यालय घेराउ तथा असार ११ गते वडा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम तय गरेका छन् । जनप्रतिनिधिहरुले आसेपासे उपभोक्ता समिति गठन गरेर मनमानी ढङ्गले विकास निर्माण कार्य गरिरहेको तथा योजनाहरुबारे सूचना माग गर्दा समेत वेवास्ता गर्दै आएको संघर्षरत युवाहरुको आरोप छ । वडा कार्यालयमा लिखित रुपमै पटक पटक सूचना माग गर्दा पनि उपलब्ध नगराएकोले बाध्य भएर आन्दोलन सुरु गरेको समाजका अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिएका छन् ।