• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मृतक सदा र यादव परिवारलाई जनही पाँच लाख

राजविराज, ३ असार । धनुषा जिल्ला स्थित ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत्यु भएका शम्भु सदा र भारतबाट आउँदै गर्दा मृत्यु भएका विरेन्द्र यादवको परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
सदा र यादवको परिवारलाई प्रदेश सरकारले जनही पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेको हो । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्री परिषद्को बैठकले उनीहरुका परिवार सहयोग स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको मुख्यमन्त्री कार्यालयको सञ्चार सचिवालयले जनाएको छ । सदाको मृत्यु प्रहरी हिरासतमा भएको थियो भने यादवको मृत्यु भारतबाट आउँदै गर्दा जटही नाकामा भएको थियो ।