• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिङ्गो वस्तीलाई नाकाबन्दी गरिएको भन्दै प्रजिअलाई पहलकालागि आग्रह

सिङ्गो वस्तीलाई नाकाबन्दी गरिएको भन्दै प्रजिअलाई पहलकालागि आग्रह

राजविराज, २ असार । आफुहरु जेठ ५ गतेदेखि नाकाबन्दीमा परेको भन्दै सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर–४ डिमनका दलित अगुवाहरुले निकासकालागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
आफुहरु निरन्तर थुनिएको भन्दै पहलकालागि गुहार माग्दै मङ्गलवार राम टोलका पीडितहरुले राजविराज पुगेर प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ध्यानाकर्षण गराएका हुन् । वडा कार्यालय हुँदै गाउँपालिका अध्यक्षकहाँ निवेदन दिँदा सुनुवाई नभएपछि बाध्य भएर आफुहरु प्रमुख जिल्ला अधिकारीकहाँ आएको अगुवा भोला रामले बताए ।
स्थानीय केही व्यक्तिहरुले पछिल्लो एक महिनादेखि आफुहरुको बसोवास रहेको बस्तीलाई अघोषित रुपमा नाकाबन्दीमा पारेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका छन् । बस्तीबाट निस्किने बाटो पूर्ण रुपमा थुनिँदा विरामीलाई अस्पतालसम्म पुर्याउन सकिएको छैन । गाउँमा पाहुना र गाई वस्तु पनि बस्तीमै थन्किएकाले बाध्य भएर सघर्ष समिति गठन गरेर आन्दोलन थालेको उनीहरुले बताएका छन् ।
समस्या समाधानतर्फ गाउँपालिका मातहतका निकाय, राजनितिक दलका प्रतिनिधि लगायतसँग पटक पटक आग्रह गर्दा पनि ध्यान नदिएको उनीहरुको गुनासो छ । सरोरकारवाला निकायले आफुहरुको समस्या समाधान नगरे बाध्य भएर थप सशक्त आन्दोलनमा जाने बताएका छन् ।