• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कोरोनालाई जितेर धमाधम घर फर्किने क्रम बढ्दो, ५२ जना निको भएर घर फर्किए

कोरोनालाई जितेर धमाधम घर फर्किने क्रम बढ्दो, ५२ जना निको भएर घर फर्किए

राजविराज, १ असार । सप्तरी जिल्लाको विभिन्न स्थानीय तहहरुबाट आएका कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको भएर घर फर्किने क्रमले तीब्रता पाएको छ ।
राजविराज स्थित साईकृष्णा अस्पतालमा भर्ना भएकाहरुमध्ये पछिल्लो पटक सोमवार १३ जना निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये एक महिला रहेका छन् । योसँगै हालसम्म सप्तरी जिल्लामा कोरोना भाइरसलाई जित्न ५२ जना सफल भएका छन् । कोभिड–१९ कोरोना भाइरस व्यवस्थापन समितिका संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाको विभिन्न स्थानीय तहहरुबाट कोरोना संक्रमित भई आएकाहरुमध्ये हालसम्म १, ३, १७, १८ र सोमवार १३ जना समेत गरी ५२ जना निको भएर खुशी हुँदै घर फर्केका छन् ।
गजेन्द्रनारायण सिंह अस्पताल र साइकृष्णा अस्पताल समेत गरी हालसम्म १ सय ३९ जना भर्ना भएकोमा अहिले ८७ जना उपचारको क्रममा रहेको छ । चिकित्सक जितेन्द्र कुमार यादवसहित स्वास्थ्यकर्मीहरुको रेखदेखमा नेपाली सेनाको व्यवस्थापकीय सहयोग रहेको छ ।
आइसोलेसनमा रहेर निको भई घर फर्किन लागेका व्यक्तिहरुलाई अस्पतालका डा. झासहित आइसोलेसनका स्वास्थ्यकर्मीहरुले फूलको गुच्छा र अबीर लगाएर विदाई गरेका छन् ।