• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अधिकारकर्मीहरुले सप्तरीबाट पठाए कोसेली

राजविराज, ३२ जेठ । कोरोना विरुद्धको संघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीरता नअपनाएको भन्दै अधिकारकर्मीहरुको एक समूहले आक्रोश व्यक्त गरेका छन् ।
सुनिता कुमारी साह, मानती सदा, पुष्पा स्वर्णकार, प्रमिला मण्डल, उर्मिला साह, रामकृष्ण रजक, उपेन्द्र साह, सिंघेश्वर साह, विजय साह, अर्जुन यादव लगायतले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मार्फत प्रधानमन्त्रीलाई कोसेली पठाएका छन् ।
लसुन अदुवा, बेसार लगायतका सामग्री उनीहरुले पठाएका छन् । लकडाउनका कारण नागरिकहरुको जनजिवन कष्टकर बन्न पुगेको भन्दै गम्भीरता अपनाउन समेत आग्रह गरेका छन् ।