• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

राजविराज, ३२ जेठ । जबरजस्ती करणी गरी फरार रहेका सप्तरीको तिलाठी कोइलाडी वडा नम्वर–७ का शिवशंकर मण्डललाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।
२०७६ असार १८ गते राति ८ बजेको समयमा एक १५ वर्षिय किशोरीलाई तिलाठी कोईलाडी गाउपालिका वडा नम्वर ७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कम्पाउण्डमा जबरजस्ती करणी गरी फरार रहँदैआएका थिए । सुराकीको आधारमा मण्डललाई विशेष सुराकीको आधारमा गाउँबाटै पक्राउ गरिएको छ । सप्तरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।