राजविराज, ३२ जेठ । सप्तरी जिल्लाको बोदेवर्साइन नगरपालिकामा ८ र खडक नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितहरुको संख्या एक सय ४८ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार आइतवार प्राप्त जानकारी अनुसार वोदेवर्साइन नगरपालिकामा ८ जना थपिएसँगै संक्रमितको संख्या ३२ पुगेको छ । यसैगरी खडक नगरपालिकामा दुई जना संक्रमित थपिएसँगै संक्रमित संख्या ५ पुगेको छ ।
हालसम्मको प्राप्त विवरण अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा संक्रमितको संख्या २७ पुगेको छ । बलान बिहुल गाउँपालिकामा सर्वाधिक अर्थात २७ जना कोरोना पोजेटिभ पाईएको छ । छिन्नमस्ता गाउँपालिकामा संक्रमितको संख्या १५, डाक्नेश्वरी नगरपालिकामा १२ जना, राजगढ गाउँपालिकामा १३ जना, कञ्चनरुप नगरपालिकामा २ जना शम्भुनाथ नगरपालिकामा १, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, तिरहुत गाउँपालिकामा १ र सुरुङ्गा नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।