• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दुई तिहाई बढी बहुमतले नयाँ नक्सा र निशान छाप पारित

दुई तिहाई बढी बहुमतले नयाँ नक्सा र निशान छाप पारित

राजविराज, ३१ जेठ । प्रतिनिधि सभाको शनिवार सम्पन्न बैठकले दुई तिहाई भन्दा बढी मतका साथ नेपालको नयाँ नक्सा समावेश गरिएको नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ पारित भएको छ ।
संविधान संशोधन गर्नकालागि भएको मतदानमा २ सय ५८ मतले पारित गरेको हो । विपक्षमा कसैले पनि मतदान गरेन । कुल २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा अत्यधिक मतले पारित भएको भनी प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले घोषणा गरेका छन् । नेपालको नयाँ नक्सा जारी भएपछि सरकारले नक्सा र निशान छापलाई पारित गर्न संविधान संशोधन प्रस्ताव अघि सारिएको थियो ।
प्रतिनिधि सभाको बैठकमा सांसद अमृतादेवी अग्रहरी, ज्ञान कुमारी छन्त्याल, दुलारी देवी खत्वेनी, गोपाल बहादुर बम, धनबहादुर बुढा, नागेन्द्र कुमार चौधरी, प्रमोद साह, सूर्यनारायण यादव, गोपाल बहादुर बम, शिवकुमार मण्डल, सूर्यबहादुर केसी, हरिबोल गजुरेल अनुपस्थित रहेको जनाईएको छ । यसैगरी प्रतिनिधि सभाको बैठक वहिष्कार गरी बाहिरिएकी थिईन् ।
सार्बभौम र अखण्ड नेपालको रक्षा गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नेपाली भु–भाग समेटिएको नेपालको नयाँ नक्सा सहितको राष्ट्रिय निशान लोगो संसदबाट संविधान संशोधन मार्फत पास भएकोमा देशैभरी खुशीयाली मनाईएको छ । देशका विभिन्न स्थानहरुमा खुशीयालीमा दीप प्रज्जवलन गरिएको छ ।