• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजनीतिकर्मी यादवद्वारा आँखा अस्पताललाई पिपिई सहयोग

राजनीतिकर्मी यादवद्वारा आँखा अस्पताललाई पिपिई सहयोग

राजविराज, २८ जेठ । सप्तरीको राजविराज नगरपालकास्थित सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालयलाई बुधबार एक स्थानीय राजनीतिकर्मीले पिपिई सेट उपलब्ध गराएका छन् ।
कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन तथा सुरक्षित रुपमा विरामीहरुको उपचारमा साघाउ पुर्याउने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्वर २ का सदस्य महेश प्रसाद यादवले पिपिई सेट उपलब्ध गराएका हुन् । राजविराज नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष शम्भु प्रसाद यादव(लाली)ले निजी स्तरबाट स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट उपलब्ध गराएकोमा राजनीतिकर्मी महेशलाई धन्यवाद दिएका छन् ।
सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालय राजविराजका ईन्चार्ज डा. राम कुमार झाका अनुसार लकडाउनको अवस्थामा पनि दैनिक ७०÷८० जना आखाँका विरामी उपचार सेवाकालागि आउने गरेका छन् । विरामीको चाप अत्यधिक रहेको वढेका कारण सरुवा रोग कोरोनाबाट जोगिन र जोगाउन आफुले सहयोग गरेको नेता यादवले बताए ।